site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्ल्डलिंकका ग्राहकलाई सामसङका सामान किन्दा १५ हजारसम्म छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । दसैँ तिहारका अवसरमा सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा १५ हजार ५०० रुपैयाँसम्मको छुट योजना ल्याएको हो ।

योजनाअन्तर्गत आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा १५ हजार ५०० रुपैयाँ छुट मिल्नेछ । कम्पनीका अनुसार ८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वर्ल्डलिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुने भएको हो ।

यस्तै, वर्ल्डलिंकका ग्राहकलाई ९६ हजार ५९१ रुपैयाँ बजार मूल्य रहेको ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजन १३ हजार ९१ रुपैयाँको छुटसहित ८३ हजार ५०० रुपैयाँमै पाइनेछ । ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

३७ हजार ८०० रुपैयाँ बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा ६ हजार ३०० रुपैयाँ छुट रहेको छ ।

मोबाइलतर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुटसहित २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले सामसङले जनाएको छ ।

कसरी मिल्छ छुट ?

यो छुट सुविधाका लागि वर्ल्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद वा रिन्यू गर्नुपर्ने कम्पनीले बताएको छ । त्यसपछि वर्ल्डलिंकको काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर मिल्ने र उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा छुट सुविधा मिल्ने कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro