site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको रकेट आक्रमणमा इजरायली सहरका मेयरको मृत्यु

तेल अभिभ । हमासले शनिबार बिहान गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

“आतंकवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए,” काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ ।

Dabur Nepal
NIC Asia

हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।

मध्य तथा दक्षिण इजरायलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला गरिएको थियो । यसबाहेक हमासले पाँच इजरायल डिफेन्स फोर्स (आईडीएफ)का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले जनाएको छ । आईडीएफले भने त्यसको पुष्टि गरेको छैन ।

हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro