site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायततर्फ प्रस्थान गरेका छन् । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन शनिबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महानिरीक्षक कुँवरसहित प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

कार्यक्रममा नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीबीच सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गरिने बताइएको छ ।

पछिल्लो समय विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका साथै ती चुनौतीको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवं लैंगिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको समाधानलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro