site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा टिपरको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सिर्जनानगर चोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा९७प २९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भई सूर्यविनायक–८ मा बस्दै आएका २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक नै घर भई काँडाघारीमा बस्दै आएका १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । ठिमीस्थित मध्यपुर अस्पतालमा घाइते मगरको उपचार भइरहेको पाठकले जानकारी दिए ।

घटनापछि फरार रहेका टिपर चालकको खोजीकार्य जारी रहेको र थप अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro