site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रिगलविरुद्धको रिट पूर्ण इजलासमा : असोज २५ मा पेसी, महान्यायाधिवक्तालाई पनि डाकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई कैद माफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा सुनुवाइ हुने गरी आगामी २५ गतेको पेसी तोकेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इजलासले मुद्दामा अग्राधिकार प्रदान गर्दै रिटकर्ता भारती शेर्पाका परिवारलाई सुरक्षा दिन नेपाल सरकार, गृह मन्त्रालयका नाममा आदेश गरेको छ ।

यस्तै, यही असोज २४ भित्र राष्ट्रपतिबाट असोज ३ मा भएको निर्णय र त्यसअघि भएको निर्णयसहितको सक्कल फाइल जहाँ छ, त्यहीँबाट महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन पनि आदेश भएको छ ।

Global Ime bank

त्यसबाहेक रिगलका विषयमा सर्वोच्च अदालतबाट भएको फैसला समेत राख्न आदेश गर्दै महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन पनि आदेश भएको छ । आदेशमा कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगित नहुने उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement