site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुटको सूची बाँड्दै कार्यकर्ता, कतिपयको नाम दुवैको सूचीमा

पोखरा । मध्याह्न १२ बजेदेखि सुरु भएको नेकपा (एमाले) गण्डकीको मतदान जारी छ । गुटगत रूपमा समूह नै बनाएर उमेदवारहरू प्रतिष्पर्धामा छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समूहबाट बहालवाला अध्यक्ष नवराज शर्माको प्यानल बनेको छ । स्थायी कमिटी सदस्य खगराज अधिकारीको अर्को समूहबाट मायानाथ अधिकारी प्रतिष्पर्धामा छन् ।

दुवै पक्षले जित्ने दाबी गरिरहँदा कार्यकर्ताहरूले भने प्रतिनिधिलाई प्यानलको नामावली सूची थमाएका छन् । पोखरा सभागृहमा जारी मतदानमा कतिपय सदस्यहरू दुवै समूहको सूचीमा छन् ।

गण्डकीमा २२ जना खुला सदस्य निर्वाचित हुन्छन् । तर, खगराज समूहबाट उमेदवार बनेका मायानाथ अधिकारीको प्यानलमा २६ जनाको नाम खुला सदस्यमा राखिएको छ ।

खुला सदस्यका उमेदवार गोविन्द बस्नेत, श्यामराजा महत, डा. बुद्धिमान श्रेष्ठ, रघुनाथ भण्डारीको नाम दुवै नवराज शर्मा र मायानाथ अधिकारीको प्यानल लिस्टमा छ ।

प्रदेश महिलामा उमा कोइराला, देवका पहारी, गीता भट्ट, देवी थापा, भीमा अधिकारीको नाम दुवै प्यानलमा छ ।

प्रदेश दलित महिलामा उम्मेदवार रहेकी प्रेमदेवी परियार, प्रदेश युवा क्लस्टरका कृष्णराज पौडेल (शर्मा संजाल), मोहनप्रसाद भट्टराई, युवा महिला उमेदवार सुष्मा पौडेल, सुरक्षा लामिछानेको नाम दुवै प्यानलको लिस्टमा छ ।

प्रदेश मजदुर क्लस्टरमा तीनजना चाहिनेमा पाँचजना उमेदवार छन् । शैलेश लामिछाने, विष्णुबहादुर क्षेत्री, रुद्र खत्रीको नाम दुवै प्यानलको लिस्टमा छ ।

आदिवासी जनजाति महिला क्लस्टरका निर्मला थापा र जोगमाया महतोको नाम दुवै उमे‍दवारको लिस्टमा छ । तीनजना चाहिनेमा एकजनाको नाम दुवै प्यानलको लिस्टमा फरक छ । यो पदमा चारजना उमेदवार छन् ।

अल्पसंख्यक खुलामा रन्जित कुमालको नाम जुधेको छ ।

हालसम्म करिब पाँच सय मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल ९०७ मतदाता रहेको गण्डकीमा १६५ जना सदस्य तथा पदाधिकारी निर्वाचित हुन्छन् । तीमध्ये २७ जना निर्विरोध भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro