site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउन्डमा लगानी बढाउँदैनन् फिल्ममेकर, असर के ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली चलचित्रमा केही वर्षयता साउन्डमा पनि मिहिनेत गरिँदै छ । केही मेकरले साउन्डमा ध्यान दिन थालेका हुन् ।

केही चलचित्रमा सिंक साउन्ड (लोकेसनको साउन्ड)मा काम गरिएको छ । तर, त्यो पर्याप्त नरहेको साउन्ड डिजाइनर किशोर आचार्य बताउँछन् ।

चलचित्र दृश्य भाषा भए पनि साउन्डको त्यति नै महत्त्व हुन्छ । नेपाली मेकरले भने लामो समय साउन्डलाई बेवास्ता गरे । केही वर्षअघिसम्म अधिकांश मेकरले डबिङ गरेर चलचित्र बनाए । अहिले पनि केहीबाहेक धेरैले स्टुडियोमा भ्वाइस डबिङ गरेरै चलचित्र बनाइरहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

इन्टरनेसनल फिल्म फेस्टिभलमा पठाइने सिनेमामा भने सिंक साउन्ड प्रयोग गरिन्छ । “फेस्टिभलमा जाने सिनेमा त कुन साउन्ड युज गर्ने भन्ने नै हुँदैन, सिंक साउन्डमै काम गर्ने हो,” किशोर भन्छन्, “तर, पछिल्लो समय नेपाली दर्शकलाई मात्रै लक्षित गरेर बनाउने सिनेमाले पनि सिंक साउन्ड नै प्रयोग गर्न थालेका छन् ।”

मासमा जाने चलचित्रमा पनि सिंक साउन्ड प्रयोग गर्न थाल्नु सकारात्मक परिवर्तनको संकेत भएको किशोर बताउँछन् । “राम्राभन्दा पनि मासमा जाने चलचित्र सिंक साउन्डमा जाँदा त्यसको सकारात्मक प्रभाव पर्छ,” उनी भन्छन्, “यदि, हामीले राम्रो काम देखाउन सक्यौँ भने नेपाली चलचित्रलाई सिंक साउन्डतर्फ ड्राइभ गर्ने यो उपयुक्त अवसर हो ।”

Royal Enfield Island Ad

मासमा जाने पञ्चिङ सिनेमामा सिंक साउन्ड प्रयोग गर्न थालिएपछि नयाँ आउने मेकरलाई यसमै काम गर्नुपर्ने रहेछ भन्ने हुने उनको भनाइ छ । तर, यही समय मासबेसका चलचित्रमा काम गर्ने साउन्ड डिजाइनरले राम्रो काम गर्न नसके त्यसको नकारात्मक असर पर्ने उनी बताउँछन् ।

कतिपय मेकर अझै पनि साउन्डमा खर्च गर्न तयार नहुने उनको अनुभव छ । यसको मुख्य कारण बजेट नै रहेको किशोरको बुझाइ छ ।

“बलिउड तथा हलिउडमा सिनेमाको लगानीको २० प्रतिशत रकम साउन्डमा खर्च गरिन्छ । तर, नेपालमा यो अभ्यास अहिलेसम्म भएको छैन,” किशोर भन्छन्, “नेपालमा अधिकांश सिनेमामा दुईदेखि तीन प्रतिशत मात्रै साउन्डमा खर्च हुन्छ ।” 

नेपालमा केही मेकरले भने साउन्डमा लगानी बढाउन थालेका छन् । एउटा चलचित्रमा दुईदेखि तीन करोड रुपैयाँसम्म लगानी गर्ने मेकरले १२ देखि १३ लाख साउन्डमा खर्च गर्न थालेको किशोर बताउँछन् । यसलाई उनी सकारात्मक संकेत भन्छन् ।

बजेट कम हुँदा साउन्डका लागि आवश्यक टिम नै बनाउन नसकिने साउन्ड डिजाइनरको गुनासो छ ।

किशोरले केही समयअघि चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’मा साउन्डको काम गरेका थिए । त्यसमा भारतीय प्राविधिकले पनि काम गरे ।

नेपालमा साउन्डमा काम गर्ने प्राविधिकको संख्या पर्याप्त छैन ? “एकैजनाले फिल्डमा, स्टुडियोमा काम गर्दा राम्रो काम निस्किँदैन भन्ने हो । आफूले फिल्डमा दुःख गरेर राखेको साउन्ड स्टुडियोमा काम गर्दा फिल्डको दुःख सम्झिएर सिनेमामा उपयुक्त नभए पनि काट्न मन लाग्दैन,” उनी भन्छन्, “त्यही भएर साउन्डमा काम गर्ने टिम नै चाहिन्छ । मैले केही भारतका साथी बोलाएर काम लगाएको हो । यसको कारण, पारिश्रमिक उस्तैउस्तै हुने तर उताका साथीले प्रोफेसनल काम गर्ने भएकाले हो । उनीहरू तुलनात्मक रूपमा बढी प्रोफेसनल भएको मैले अनुभव गरेको छु । मैले यहाँका साथीलाई फिल्डमा ढुक्कले एक्लै छोड्न नसकेर पनि हो ।”

विश्वका ठूला सिनेमा उद्योगमा स्क्रिप्ट राइटिङमै साउन्ड परिकल्पना गरेर लेखिने प्रचलन छ । हलिउडमा स्क्रिप्ट लेख्दा नै साउन्ड कस्तो हुन्छ भनेर डिजाइनरलाई सँगै राखेर लेखिन्छ । बलिउडमा पनि प्रि–प्रोडक्सनदेखि नै साउन्ड डिजाइनरलाई राखिन्छ । नेपालमा पोस्ट प्रोडक्सनमा पनि त्यति धेरै महत्त्व दिएको पाइँदैन । त्यो यसका लागि छुट्ट्याइने बजेटले नै पुष्टि गर्छ । विदेशका कतिपय सिनेमा उद्योगका ठूला चलचित्रमा साउन्डको स्क्रिप्ट नै तयार पारिन्छ ।

हलिउडमा एउटै चलचित्रमा २५–३० जनाको समूहले करिब ६ महिना साउन्डमा समय खर्चिन्छ । बलिउडमा १५–२० जनाको समूहले दुई महिना लगाउँछ । नेपालमा भने एउटा चलचित्रमा दुईजनालाई साउन्डको काम गर्न लगाइन्छ । दुईजनालाई औसतमा १० देखि १५ दिन समय दिइने गरेको यथार्थ छ । नेपालमा प्राथमिकतामा नपर्ने साउन्डलाई हलिउडमा उच्च महत्त्व दिइने गरेको किशोर बताउँछन् ।

साउन्डबिनाको भिजुअल क्यामेराको लेन्सबाट हेरिएको दृश्य मात्र हो । चलचित्रमा देखाइने भिजुअलको आत्मा र इमोसनलाई साउन्डले जोड्ने काम गर्छ ।

चलचित्रमा डाइलग पनि साउन्डको एउटा प्रकार हो । डाइलग ‘किङ’का रूपमा रहन्छ । डाइलग सिंक साउन्ड (लोकेसनको साउन्ड)बाट ल्याइन्छ । सुटिङमै साउन्डको व्यक्ति गएर कलाकारले डाइलग बोल्दा त्यसलाई पिन माइक्रोफोन लगाएर वा अरू कुनै माध्यमबाट ल्याइने गरिन्छ । यसो गर्दा स्टुडियोमा डब गर्नु पर्दैन ।

साउन्डको अर्को तह डबिङ हो । यसमा छायांकनमा कलाकारले जे बोलेको छ, त्यसैलाई स्टुडियोमा दोहोर्‍याइन्छ । 

एम्बियन्स साउन्ड अर्को तह हो । कुन ठाउँमा छायांकन भइरहेको हो त्यो ठाउँ, समय एम्बियन्सले छुट्ट्याइदिन्छ । काठमाडौंमा चलचित्र छायांकन गरिएको भए बाक्लो ट्राफिक वा नेवारी जात्राका साउन्ड यसमा आउँछ ।

साउन्ड इफेक्ट अर्को लेयर हो । एम्बियन्सजस्तै लाग्ने यसमा कलाकारले ढोका उघारेको, गाडी चलाएको आवाज भए त्यसको ओर्जिनल साउन्ड खोजिन्छ ।

चलचित्रमा अर्को साउन्ड पनि हुन्छ, जसलाई फोली साउन्ड भनिन्छ । कलाकारले चिया खाएको, बियर पिएको अथवा हिँडेको भए त्यस्तो साउन्ड स्टुडियोमा फोली आर्टिस्टले तयार पार्छन् । यसका लागि छुट्टै फोली स्टुडियो आवश्यक पर्छ ।

म्युजिक र ब्याकग्राउन्ड स्कोर पनि साउन्डभित्रै पर्छन् । नेपालमा ब्याकग्राउन्ड स्कोरमा समेत चलचित्र निकै कमजोर हुने गरेको स्वयं किशोर स्वीकार गर्छन् । नेपाली चलचित्रका गीत र ब्याकग्राउन्ड स्कोरमा खासै सम्बन्ध नभेटिने उनी बताउँछन् । यही नै कमजोरी हुने गरेको उनको भनाइ छ ।

प्रायः नेपाली चलचित्रका गीत र तिनका ब्याकग्राउन्ड स्कोरबीच कुनै ‘कनेक्सन’ हुँदैन । जबकि, बलिउड र हलिउड सिनेमामा ‘थिम म्युजिक’ हुन्छ । तिनका गीतमा प्रयोग गरिने संगीत सिनेमाभरि नै कुनै न कुनै रूपमा सुन्न सकिने किशोर बताउँछन् ।

नेपालमा यस्तो हुनुको मुख्य कारण चलचित्रको प्रि–प्रोडक्सनदेखि नै साउन्ड डिजाइनरलाई सहभागी नगराउनु हो । सिनेमा छायांकन भएको लोकेसनमा साउन्ड डिजाइनर पुगेर काम नगर्नु पनि अर्को कारण हो ।

“सबै चलचित्रमा स्थानीय बाजा वा म्युजिकलाई नै प्रयोग गर्नुपर्छ भन्ने होइन, आर्ट मुभीमा गर्न सकिन्छ,” किशोर भन्छन्, “अरू चलचित्रमा पनि वेस्टर्न म्युजिकलाई नेपाली म्युजिकसँग फ्युजन गर्न सकिन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro