site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदनकृष्णले गरे हरिवंशको तारिफ

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्यको तारिफ गरेका छन् । चलचित्र ‘भूठान’मा हरिवंशको चरित्र र उनले गरेको अभिनय हेरेपछि मदनकृष्णले उनको तारिफ गरेका हुन् । 
 
अभिनयमा हरिवंशको फरक अवतार ‘भूठान’मा देखिएको उनले बताए । “यो चलचित्र हेर्न पाउँदा मलाई धेरै खुसी लाग्यो । हरिवंश आचार्यको फरक अवतार हेर्दा मलाई एकदमै मजा लाग्यो,” मदनकृष्णले भने । 

आफू र हरिवंशबाट दर्शकले हाँसो खोज्ने गरेको भन्दै उनले ‘भूठान’मा दर्शकले गम्भीर हरिवंशलाई देख्न पाउने उनको भनाइ छ । 

“हरिवंशको अभिनय गजब छ । हामी (हरिवंश र मदनकृष्ण)बाट दर्शकले हाँसो खोज्थे । तर, यसमा हाँसो केही पनि छैन,” उनले अगाडि थपे, “हँसाइराखेको मान्छेले सुरुदेखि नै गम्भीरता प्रस्तुत गरेको राम्रो छ ।” 

यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘भूठान’लाई विनोद पौडेलले निर्देशन गरेका छन् । 

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंश मुख्य भूमिकामा छन् । हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गरेका छन् । चलचित्रमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro