site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद डाँगीको प्रश्न : पहिचानको नागरिकता लिन मर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित ?
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले पहिचानसहितको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरी फालेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिको केही समयअघि मृत्यु हुनु दुःखद् भएको बताएकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पहिचानको नागरिकता बनाउन कहिलेसम्म ज्यानको बाजी राख्नुपर्ने हो भन्दै प्रश्न गरिन् ।

Dabur Nepal
NIC Asia

“संविधानको धारा १२ मा लैंङ्गिक पहिचानसहितको नागरिकता प्राप्त गर्ने प्रावधान छ । पहिचानको नागरिकता बनाउन लिङ्ग परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था नेपालमा छैन । तर, पहिचानको नागरिकता दिन अस्पतालबाट शल्यक्रिया गरी लिङ्ग परिवर्तन गरेको र स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको प्रमाणपत्र राज्यले माग्छ,” उनले भनिन्, “पहिचानको नागरिकता लिन यसरी मर्नुपर्ने अवस्था आउनु कतिको न्यायोचित हो ? नागरिकताको लिङ्गको महलमा ‘अन्य’ जनाई नागरिकता दिने प्रावधान छ  । तर, अन्यबाट नागरिकता लिन पनि सहज छैन ।”

सांसद डाँगीले समलिङ्गी विवाह र त्यसको दर्ताको विषयमा पनि ध्यानाकर्षण गराइन् ।

“सर्वोच्च अदालतले विवाह दर्ता गर्न भन्छ । जिल्ला अदालतमा अड्किन्छ । उनीहरूको सम्पत्तिको सुरक्षा छैन । शैक्षिक प्रमाणपत्रमा नाम सच्चिँदैन । अस्पतालमा अड्चन छ,” उनले भनिन्, “रोजगारबाट वञ्चित छन् । यसरी पाइला पाइलामा कानुनी अड्चन भोग्न विवश छन् । यी पिल्सिएका समुदायको लागि कानुन बनाउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu