site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अमेरिकामा खनाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
Sarbottam CementSarbottam Cement

बस्टन (अमेरिका) । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक अध्यक्ष र वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाल अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष प्रमाणपत्रसहितको पुरस्कार उनले प्राप्त गरेका हुन् । ह्वाइट हाउसका तर्फबाट राष्ट्रपति बाइडेनले लेखेको सम्मानपत्र पनि उनले पाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खनाल स्वयंसेवीका रूपमा समेत समाजका विभिन्न गतिविधिमा सक्रिय छन् । आफ्नो जीवनकालमा चार हजार घण्टाभन्दा बढी समय स्वयंसेवीका रूपमा योगदान दिनेहरूको उच्च कदर गर्दै राष्ट्रपतिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने परम्परा छ ।

qfddfn-1696482714.jpg

Global Ime bank

विगत चार दशकदेखि गीत–संगीत, साहित्य, कलाकारिता र पत्रकारितामा सक्रिय खनाल विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

‘एक्स्ट्रा अर्डिनरी’ ग्रीनकार्ड लिएर उनी विगत १७ वर्षदेखि अमेरिकाको भर्जिनिया बसोबास गर्दै आएका छन् । खनालका लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित छन् । अमेरिकामा उनी विभिन्न नेपाली संघसंस्थामा आबद्ध छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement