site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा आज बहाव बढ्ने
त्रिशूली नदी । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन इलाम, झापा, मोरङ, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिरहा, सप्तरी र सिन्धुली आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्