site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एएफसी एसियन कपको छनोट खेल्ने फुटसल टिमको बिदाइ

काठमाडौं । एएफसी एसियन कपको छनोट खेल्न मंगोलिया जाने नेपाली राष्ट्रिय फुटसल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा पदाधिकारीहरूले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

असोज २० देखि २३ गतेसम्म मंगोलियामा एसियन कप फुटसल छनोटका खेल हुँदै छन् । बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक गौरव बस्नेतले एसियन कप छनोट समूहमा बलियो टिम भए पनि बलियो प्रतिस्पर्धीको रूपमा चुनौती प्रस्तुत गर्ने बताए । उनले नेपालमा फुटसलको लिग र पर्याप्त खेल नभएका कारण अनुभव बटुल्ने मौका पाउन नसकेको बताए ।

त्यस्तै, नेपाली टोलीका कप्तान मणिकुमार लामाले पहिलो चरण खेल्ने टिमलाई बलियो चुनौती दिने बताए । तयारी गर्ने समय कम भए पनि राम्रो नजिता आउने उनले बताए ।

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुने छन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro