site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक किलो सुन तस्करीको अनुसन्धान प्रहरीले गर्न नपाउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुबईबाट नेपाल भित्रिएको करिब एक किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीले गर्न नपाउने भएको छ । 

संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले अनुमति नदिएपछि प्रहरीले अनुसन्धान गर्न नपाउने भएको हो ।

भदौ २५ मा दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं ओर्लिएका काभ्रकोे खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङलाई प्रहरीले ९६० ग्राम सुनसहित पक्राउ गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दोङले ल्याएको सुन ‘रिसिभ’ गर्ने समूहका दुईजना काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई समेत प्रहरीले पक्राउ गरेर थप अनुसन्धानको लागि भन्सार कार्यालय बुझाएको थियो ।

सुन तस्करी प्रकरणमै जोडिएका अर्का आरोपी महाभारत गाउँपालिकाका विकास योञ्जन लामा भने भाग्न सफल भएका थिए । करिब तीन हप्ता अनुसन्धान गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुन तस्करीमा संगठित समूह सक्रिय रहेको भन्दै प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्ने रायसहितको पत्र वकिल कार्यालय पठाएको थियो ।

Global Ime bank

तर, सरकारी वकिल कार्यालयले संगठित अपराधको लागि विगो नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्न नमिल्ने जवाफ दिएको भन्सार कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीले भने, “खासमा यो संगठित अपराधमै अनुसन्धान गर्नु देखिन्छ । तर, सरकारी वकिल कार्यालयले विगो नपुग्ने भन्दै अनुमति दिएन ।” 

संगठित अपराधको लागि एक करोड विगो आवश्यक रहनुपर्ने सरकारी वकिल कार्यालयको दाबी छ । सो सुन तस्करीको विगो भने ८३ लाख मात्रै हुन आउँछ ।

त्यस्तै, सुन तस्करीका मुख्य आरोपी विकास लामा पक्राउ पर्नबाट जोगिएपछि संगठित अपराधमा मुद्दा चलाउन असहज भएको हो । विकासको गाडीबाट प्रहरीले करोडौँको चेक बरामद गरेको थियो ।

तर, उक्त चेक सुन तस्करी प्रकरणको लागि काटिएको थियो वा अन्य लेनदेन हो भन्ने विषय नखुल्दा संगठित अपराधमा मुद्दा चलाउन नमिलेको हो । विकासविरुद्ध पक्राउ पुर्जी जारी हुँदासमेत उनलाई प्रहरीले पक्राउ गर्न सकेन । संगठित अपराधमा मुद्दा नचल्ने भएपछि भन्सार विभागले विकासको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागलाई थप अनुसन्धानको लागि पठाउने तयारी गरेको छ ।

पछिल्लो तीन वर्षमा विकासले अकुत सम्पत्ति जोडेको देखिएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार विकास लामा समूहले दुबई हुँदै विभिन्न व्यक्तिमार्फत महिनाको २० देखि ३० किलो सुन तस्करी गर्ने गरेको दाबी गरिएको छ ।

सुन तस्करीका लागि उनीहरूले काभ्रेबाट १५ देखि २० युवालाई नियमित दुबई पठाउने र फर्कदा सुनको भरिया बनाउने गरेको तथ्य प्रहरीले खुलाएको हो । विकास आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय