site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले गण्डकी अधिवेशन : खगराजविरुद्ध पृथ्वीसुब्बा, सँगै छन् पद्‍मा र किरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइँको विषय बनेको छ । सहमतिमा नेतृत्व चयन नहुने भएपछि गण्डकीमा प्यानल नै बनेको छ ।

अहिले उमेदवारी मनोयन चलिरहेको छ । पानी परेका कारण पनि उमेदवारी मनोनयमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उपमहासचिव गुरुङको तर्फबाट म्याग्दीका नवराज शर्मा अध्यक्षको उमेदवार छन् । उनी प्रदेशको यसअघिका अध्यक्ष हुन् ।

अधिकारीले मायानाथ अधिकारीलाई अघि सारेकाछन् । अधिकारी केन्द्रीय सदस्य हुन् । अधिकारीले अघि सारेका केन्द्रीय सदस्य मायानाथ अधिकारीको पक्षमा बहुमत जुटाउन पार्टीका महासचिव शंकर पोखरेल क्रियाशील भए ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरेलले पार्टी सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङलाई आफ्नो कित्तामा पार्ने प्रत्यत्न गरेको नेताहरु बताउँछन् । तर, उनीहरुको प्रयास असफल भएको छ ।

“पीएस गुरुङको पक्षमा उभिँदै आएका किरण गुरुङ र पद्मा अर्याल उहाँसँगै हुनुहुन्छ । विपक्षीले प्रचारबाजी गरेका हुन् । उहाँहरुको पुरानै सहकार्य टुटेको छैन,” गुरुङनिकट एक नेताले दाबी गरे ।

Global Ime bank

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उमेदवार बनेका छन् ।

अधिकारीले उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ छन् । गण्डकीमा उपमहासचिव गुरुङ र अधिकारीबीच प्रतिष्ठाको लडाइँ हँुदै आएको छ । यसपटक पनि त्यस्तै देखिएको छ ।

“गण्डकीमा गुरुङ एक्लै हुँदा पनि उनको पक्षले चुनाव जित्न गाह्रो छैन । पहिलेका नेताहरु एकैठाउँ हुँदा उहाँलाई अफ्ठ्यारो छैन,” एक नेताको जिकिर छ ।

गण्डकी अधिवेशनको उद्घाटन असोज १५ गते भएको थियो । उद्घाटनमा महासचिव शंकर पोखरेल पुगेका थिए । उद्घाटनमा नपुगेका अध्यक्ष केपी शर्मा ओली दुई नेताको प्रतिस्पर्धामा मौनजस्तै देखिएका छन् । अहिलेसम्म उनी कतै नखुलेको नेताहरु बताउँछन् ।

सहमतिको प्रयत्न असफल भएपछि अब निर्वाचन हुन लागेको हो । “सहमतिको सम्भावना अब सकियो । निर्वाचन नै हुन्छ,” ती नेता भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय