अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्