site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई काठमाडौं महानगरले ग‍र्‍यो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ । 

महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro