site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिरायुमा अनमोल केसी भर्ना भएकोबारे मेडिकल काउन्सिलले थाल्यो छानबिन

काठमाडौं । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।

स्वास्थ्यमा समस्या भएर वा नभएरै उनलाई अस्पताल राखियो भन्ने सन्दर्भमा अनुसन्धान सुरु गरिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

अस्पताल भर्ना भएकोबारे बुझ्न काउन्सिलको टोली बसुन्धरास्थित चिरायु अस्पताल पुगेको डा. अधिकारीले बताए । “घटनाबारे सञ्चारमाध्यममा आएका समाचारका अधारमा छानबिन सुरु गरिएको हो । दोषी भेटिए कारबाही हुन्छ,” उनले भने ।

चलचित्र ‘रावायण’को निर्माण पक्षले आपराधिक विश्वासघातको उजुरी गरेपछि प्रहरीले उनलाई  शुक्रबार पक्राउ गरेको थियो । केसी आइतबार हाजिरी जमानीमा रिहा भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro