site stats
बाह्रखरी :: Baahrakhari
कला
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
फाइल तस्बिर।

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनदेखि आइतबारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्छ ।

रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्