site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामान किन्दा नक्कली नोट दिएपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी छन् ।

शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटबाट ५०० दरका सात र २०० दरका २० थान नक्कली भारतीय नोटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो सुपरमार्केटबाट एक हजार ६०० रुपैयाँबराबरका विभिन्न सामान खरिद गर्दा अन्सारीले नक्कली भारतीय नोट दिएका थिए । उक्त नोट र उनले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro