site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवातास खेलिरहेका १० जना पक्राउ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको सामाखुसीमा बस्दै आएका तनहुँको व्यास नगरपालिका–७ का ५३ वर्षीय अम्मर गुरुङसहित १० जना छन् ।

शनिबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको हो । काठमाडौं महानगरपालिका–२६, म्हैपीमा डेरा गरी बस्दै आएकी रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नगद ८० हजार १५० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कैलालीमा जुवातास खेलिरहेका नौजना पक्राउ
कैलालीमा पनि जुवातास खेलिरहेका नौजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१, लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

गोदावरी–१० का ६७ वर्षीय वीरबहादुर ऐरसहित नौजनालाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई नगद ५५ हजार ८५ रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu