site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्लोभाकियाको संसदीय निर्वाचनमा रूस समर्थक पार्टी विजयी

काठमाडौं । स्लोभाकियाका पूर्वप्रधानमन्त्री एवं रूसका खुला समर्थक रोबर्ट फिकोको पार्टी संसदीय चुनावमा विजयी भएको छ ।

आइतबार बिहान स्लोभाकियाको तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा ९९ प्रतिशत भन्दा बढी जिल्लाको मतगणना हुँदा रोबर्ट फिकोको पार्टीले २३.३ प्रतिशत मत प्राप्त गरेको छ ।

एसएभईआर भनेर चिनिने रोबर्ट फिकोको पार्टी सोसल डेमोक्रेसीलाई सरकार चलाउन भने गठनबन्धन आवश्यक पर्नेछ ।

यस्तै, लिबरल प्रोग्रेसिभ स्लोभाकिया (पीएस) पार्टी १७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहेको छ ।

एसएमईआरबाट विघटन भएर बनेको हलास (एचएलएएस) पार्टी १५ प्रतिशत मतका साथ तेस्रो भएको छ ।

संसद्मा प्रवेश पाउन आवश्यक कम्तीमा पाँच प्रतिशत मत प्राप्त गर्ने सात राजनीतिक दलबीच अब, सरकार गठनका लागि गठबन्धन बनाउन विशेष वार्ता र प्ले हुने ठानिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro