site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थव्यवस्था विस्तारै लयमा : मन्त्री महत
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्कन थालेको बताएका छन् ।

शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले बैंकहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताए । अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।

सरकारमाथि आन्तरिक र बाह्य ऋणको साँवाब्याज तिर्ने दायित्व बढेको पनि उनले बताए ।

मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोसी–मरिन–कमला डाइभर्सनको काम अगाडि बढाइएको उनले जानकारी गराए । पूर्व–पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने उनले बताए ।

मधेसलाई धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro