site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी एमालेमा चर्को गुटबन्दी, शर्मा र अधिकारी मुख्य दाबेदार !
Sarbottam CementSarbottam Cement

पोखरा । पहिलोपटक प्रदेश अधिवेशन गरिरहेको नेकपा (एमाले)ले लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन गर्न सकेन । त्यहाँ पार्टीका महासचिव शंकर पोखरेलको एउटा समूह र उपाध्यक्ष विष्णु पौडेलको अर्को समूहबाट निर्वाचन नै भयो । त्यही सिको शुक्रबार वाग्मतीमा पनि भयो । वाग्मतीमा पनि समूहगत निर्वाचन नै भयो ।

लुम्बिनी र वाग्मतीपछि आउँदो असोज १५ र १६ गते गण्डकीको प्रदेश अधिवेशन हुँदै छ । मंगलबार मात्रै गण्डकीमा ९०७ जना प्रदेश प्रतिनिधिको टुंगो लागेको छ । ८५ पालिका रहेको गण्डकीमा कास्कीको रूपा गाउँपालिकामा भने खुला ४ सदस्यका लागि निर्वाचन भयो । अन्य ८४ पालिकाले सर्वसम्मत प्रतिनिधि चयन गरे ।

पाँचजना आकांक्षी भएपछि रूपामा भएको निर्वाचनबाट कालिदास सुवेदी, सवाबक्स मिया, राधाकृष्ण लामिछाने र शिव खनाल निर्वाचित भए । पुष्प अधिकारी पराजित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश अधिवेशनको प्रतिनिधि टुंगो लाग्दैगर्दा चारजना बहालवाला केन्द्रीय सदस्य प्रदेश प्रतिनिधिमा झरेका छन् । लमजुङका मायानाथ अधिकारी, गोरखाका रामशरण बस्नेत, कास्कीका कृष्ण थापा र राजीव पहारी केन्द्रीय सदस्य हुन् । यी चारैजना पूर्व प्रदेश सभा सदस्यसमेत हुन् ।

केन्द्रीय सदस्य प्रदेशमा झरे पनि अहिलेसम्मको परिस्थिति हेर्दा लमजुङका मायानाथ अधिकारी र प्रदेशका बहालवाला अध्यक्ष नवराज शर्माबीच चुनाव हुने देखिएको छ । यी दुई कुन समूहबाट उमेदवार बन्नेछन् भन्ने चर्चा गर्नुपूर्व गण्डकीमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई समूहको शक्तिसंघर्ष छ ।

Global Ime bank

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच शक्तिको लडाइँ गण्डकीको एमालेमा देखिन्छ । पूर्वमुख्यमन्त्री गुरुङ अहिले संघीय सांसद हुन् । पूर्वगृहमन्त्री अधिकारी अहिले गण्डकीको एमाले संसदीय दलका नेता हुन् ।

कास्कीका अधिकारी र लमजुङका गुरुङबीचको शक्ति संघर्ष पालिकासम्मै पुगेको एमालेको दुई वर्ष अगाडि सम्पन्न पोखरा महानगर कमिटीको अधिवेशनबाट पनि प्रस्ट हुन्छ । मुख्यमन्त्रीको रूपमा कास्कीमा रहँदा गुरुङले आफ्नो प्रभाव सबै जिल्लामा फैलाउन खोजे । गण्डकीका अन्य जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्दा कास्कीमा भने अधिकारी र गुरुङले प्यानल नै बनाएर उमेदवारलाई चुनावमा खडा गरे । गुरुङ निकट मनबहादुर गुरुङ विजयी पनि बने ।

एमालेमा सर्वसम्मतिको चर्को नारा लागिरहेको त्यो समयमा पनि कास्कीमा मतदान हुँदा आसन्न प्रदेश अधिवेशनमा पनि यी दुई समूह सक्रियरूपमा लाग्ने प्रस्टै देखिएको छ । एमाले प्रदेशका बहालवाला पदाधिकारी पनि समूह बनिसकेको स्वीकार गर्छन् ।

गण्डकीबाट एमाले पदाधिकारीमा स्याङ्जाकी पद्या अर्याल सचिव छन् । उनी पनि प्रदेशको गुटमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् ।

गण्डकी एमालेमा देखिएको अधिकारी भर्सेस गुरुङ समूहको चर्को गुटका बीच प्रदेश अधिवेशनमा केन्द्रीय गुट पनि देखिने भएको छ । निकटस्थका अनुसार उपमहासचिव गुरुङ उपाध्यक्ष पौडेल समूह निकट छन् भने अधिकारी महासचिव पोखरेलतिर ।

केन्द्रभन्दा चर्को गुट चलिरहने गण्डकीमा हालसम्मको अवस्था हेर्दा अध्यक्षमा बहालवाला अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीबीच नै चुनाव हुने संकेत देखिएको छ ।

रोचक त के छ भने पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा मायानाथ संसदीय दलको प्रमुख सचेतक थिए । त्यतिबेला गुरुङ निकट रहेका एउटै जिल्लाका अधिकारी अहिले अर्को कित्ताबाट चुनाव लड्ने तयारीमा छन् । पृथ्वीसुब्बा र मायानाथ दुवै लमजुङका हुन् । गृहजिल्लाबाटै अर्को समूहबाट उमेदवार बनाएर गुरुङ समूहलाई विभाजित गर्ने मनसाय अधिकारी समूहको देखिन्छ ।

पृथ्वीसुब्बा गुरुङ समूहबाट भने बहालवाला अध्यक्ष शर्मा नै उमेदवार बन्न सक्ने सम्भावना छ ।

उनीहरूबाहेक एमाले प्रदेश सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य, शोभित ढकाललगायत अध्यक्षको दौडमा छन् । प्रदेश प्रतिनिधिमा झरेकामध्येका कृष्ण थापा, राजीव पहारी र रामशरण बस्नेत भने चुनाव नलड्ने मनसायमा पुगेका छन् । तर, हालसम्म कसैले उमेदवारी घोषणा गरिसकेका छैनन् ।

गण्डकी प्रदेशको आगामी अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेमा अधिकारी र गुरुङकै चासो रहेको छ । अहिले नेतृत्वको चाहना गरेका नेताहरू पनि उनीहरूको मुख ताकेर बसेको एमाले स्रोतले बतायो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय