site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्षीहरूका कारण अवरुद्ध संसद् उनीहरूकै कारण सुचारु हुन्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवादहरू भएको बताएका छन् । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रतिपक्षीले अघि सारेका मागहरू कुनै पनि हालत पूरा गर्न नसकिने पनि दोहोर्‍याए । संसद्लाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरू पुगेको उल्लेख गर्दै उनले छिट्टै संसद् खुल्ने बताए ।

Argakhachi Cement Island Ad

प्रतिपक्षीहरूकै कारण अवरुद्ध भएको संसद् भोलि उनीहरूकै कारण सुचारु हुने परिस्थितिको विकास हुने बर्तौलाको जिकिर छ । 
"अब संसद् सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरू (प्रतिपक्षीहरू) आउनुभएको छ  । यो नै सकारात्मक कुरा हो । त्यही जगबाट हिजो संसद् उहाँहरूकै कारण अवरुद्ध भएको थियो । भोलि उहाँहरूकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ," उनले भने ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्