site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
चिरख्वा हाइड्रोपावरले असोज २३ देखि आईपीओ निष्कासन गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई चार लाख कित्ता निष्कासन गरेको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८० हजार कित्ता, कर्मचारीका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूलाई ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

Agni Group

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Global Ime bank

आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । 

कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu