site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारी टीभीको आयोजनामा ई–बैंकिङ कार्यक्रम : पैसा कमाउने धनी हुँदैन बचाउने हुन्छ 

काठमाडौं । नारी टेलिभिजले काठमाडौंमा आयोजना गरेको इम्पावरिङ विमेन ई–बैंकिङ कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा नबिल बैंकका मार्केटिङ म्यानेजर कृष्ण सुवेदीले आम्दानी र खर्चबीच तालमेल मिलाउन सक्नुपर्ने बताए ।

आय र व्ययबीचको सन्तुलन नै पैसा जम्मा गर्ने एक मात्रै उपाय भएको उनको भनाइ छ । “पैसा कमाएर कोही धनी हुँदैन, बचत गर्ने व्यक्ति धनी हो,” उनले भने, “त्यसैले आम्दानी अनुसार खर्च र बचत गर्ने बानी गर्नुपर्छ । पैसाको सही व्यवस्थापन नै धनी बन्ने उपाय हो ।”

उनले वित्तीय साक्षरता अनिवार्य भइसकेको बताए । मोबाइल बैंकिङ सहजै चलाउन जान्नै पर्नेमा उनको जोड छ । 

“बैंकबाट कर्जा लिनु अगाडि लोन लिने व्यक्तिसँग केका लागि र किन लोन दिँदै छु भन्ने कंक्रिट आइडिया हुनै पर्छ । यदि यसबारे जानकारी छैन भने लोन नलिएकै राम्रो भन्ने मेरो धारणा छ,” उनले भने ।

पछिल्लो समय बैंकिङ ठगी बढेको भन्दै यसबाट बच्न सचेत हुन उनले आग्रह गरे । आफ्नै घरभित्र पनि बैंकिङ करोबारको पासवर्ड ‘सेयर’ नगर्न आग्रह गर्दैै सुवेदीले फिंगर प्रिन्ट र फेस लक प्रायोग सुझाव दिए । 

कसैसँग बिजनेसको नयाँ योजना भए त्यसमा नबिल बैंकले लगानी गर्ने उनको भनाइ छ । वार्षिक २० जना इन्टरपेनरलाई तीन करोड खर्च गरेर नबिल बैंकले पढाइरहेको उनले जानकारी दिए । बिजनेसको नयाँ आइडिया भए नबिल बैंकमा आउन पनि उनले आग्रह गरे । 

नबिल बैंकका माइक्रोफाइनान्स म्यानेजर मनोज कुमार यादवले काम गर्ने क्षमता, योजना र इमान्दार व्यक्तिलाई बैैंकले बिना धितो कर्जा दिँदै आएको बताए । यद्यपि, यसमा बिजनेस प्लान, शैक्षिक योग्यता, पारिवारिक पृष्ठभूमि भने हेर्ने यादवको भनाइ छ ।  

नबिल बैंकको सहकार्यमा नारी टेलिभिजनले ‘इम्पावरिङ विमेन ई–बैंकिङ कार्यक्रम’ को आयोजना गरेको हो ।  कार्यक्रममा वित्तीय साक्षरता र ई–बैंकिङ सम्बन्धी विभिन्न शत्रमा जानकारी दिइएको थियो ।  कार्यक्रममा ई–बैंकिङ र बैंकले दिने सेवा तथा सुविधा र प्रयोगको बारेमा सहभागीलाई जानकारी दिइएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro