site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हवाई सुरक्षामा लापरबाही गरेपछि दुई कम्पनीका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले दुईवटा वायुसेवा कम्पनीका तीनवटा 'एएस ३५० बी ३ ई' प्रकृतिको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका अनुसार भीएफआर उडानको नियम उल्लंघन गरेपछि श्री र फिस्टेल एयरका 'एएस ३५० बी ३ ई' प्रकृतिका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको हो ।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याडमा जबरजस्ती दुईवटा हेलिकप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro