site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०औँ खुला क्लबस्तरीय फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि सुरु हुने 

काठमाडौं । लगनशिल युवा क्लबको आयोजनामा हुने १०औँ खुला क्लबस्तरीय नाइन 'ए' साइड फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि सुरु हुने भएको छ । 

धादिङको ज्वालामुखीस्थित धारापानी खेल मैदानमा सञ्चालन हुने खेल कार्तिक ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले बताए । 

आयोजकका अनुसार प्रतियोगिताका लागि असोज ३० गतेदेखि कार्तिक ५ गतेसम्ममा टिम दर्ता गराइसक्नु पर्नेछ ।

प्रतियोगितामा २० टिमले सहभागिता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिताको लागि दर्ता शुल्क ९ हजार ९९९ राखिएको छ ।

विजेताले एक लाख ५० हजार र उपविजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार पाउँदा उत्कृष्ट रक्षक, गोलकिपर र उच्च गोलकर्ताले समान चार हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro