site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सान सिरोबाट नयाँ रंगशालामा सर्ने एसी मिलानको योजना

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले चर्चित घरेलु मैदान सान सिरोबाट ७० हजार दर्शक क्षमताको नयाँ रंगशालामा सर्ने योजनाको घोषणा गरेको छ ।

नयाँ रंगशाालाका लागि मिलानले सान डोनाटोको नगर परिषद्‍मा प्रारम्भिक प्रस्तावसमेत पेस गरेको छ । मिलानले सन् १९२६ देखि सान सिरोलाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको छ । तर, सन् १९९० को विश्वकपयता सान सिरोलाई आधुनिकीकण गरिएको छैन ।

एसी मिलानले रंगशालासँगै क्लबको नयाँ मुख्य कार्यालय, होटेल र क्लबको बजार तथा संग्रहालय बनाउने अपेक्षा छ । 

सान सिरोलाई एसी मिलानसँगै इन्टर मिलानले पनि घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको छ । यी दुई टिमले सन् १९४७ देखि नै सान सिरोलाई आ–आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro