site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीविनाको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा पराजित 

काठमाडौं । नियमित कप्तान लियोनल मेसी अनुपस्थित खेलमा इन्टर मियामी यूएस ओपन कपको फाइनलमा हस्टन डाइनामोसँग पराजित भएको छ । 

बिहीबार घरेलु मैदान डीआरभी पीएनके रंगशालामा सम्पन्न खेलमा मेसी नहुँदा इन्टर मियामी २–१ ले पराजित भएको हो । मेसीले चोटका कारण फाइनल गुमाउँदा टिममा रक्षक जोर्डी अल्बा पनि अनुपस्थित थिए ।

Dabur Nepal
NIC Asia

हस्टन डाइनामोलाई जित दिलाउन ग्रिफिन डोर्सी र एमिन बासीले गोल गरे । मियामीका जोसेफ मार्टिनेजले इन्जुर टाइममा गोल फर्काए पनि हार टार्न भने सकेनन् । २४औँ मिनेटमा डोर्सीले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । 

त्यसको ९ मिनेटपछि बासीले गोल गर्दै डाइनामोको अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयमा इन्टर मियामीका जासेफ मार्टिनेजले गोल फर्काउँदै खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् । 

इन्टर मियामीले अब अगस्ट १ मा मेजर लिग सकर (एमएलएस) मा न्यूयोर्क सिटीसँग खेल्नेछ । सोही दिन डाइनामोले पनि लिगमा एफसी डल्लासविरुद्ध खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro