site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मल कारखानाको सम्भाव्यता अध्ययनको जिम्मा मलेसियाको कम्पनीलाई
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा ‘ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट’ मल कारखाना स्थापनाका सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि नेपालको लगानी बोर्ड र मलेसियाको रेनिकोला एसडीएन बीएचडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रेनिकोला एसडीएन बीएचडका प्रबन्ध निर्देशक बौमहिदी अब्देरारले लगानी बोर्डको कार्यालयमा हस्ताक्षर गरेका हुन् ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार रेनिकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नका लागि २०७९ पुस २४ गते प्रस्ताव पेस गरेको थियो ।

Agni Group

उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औँ बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै, प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०८० भदौ ८ मा सम्पन्न लगानी बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो । 

समझदारीपत्रको प्रावधानबमोजिम प्रस्तावक रेनिकोला एसडीएन बीएचडीले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डको कार्यालयमा पेस गर्नुपर्ने छ ।

Global Ime bank

तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले ‘इलेक्ट्रोलाइसिस’ प्रविधिको प्रयोग गरी ‘ग्रिन एमोनिया’ र ‘ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट’ मल तयार पार्ने अवधारणा राखेको छ ।

यो परियोजनामा करिब २६० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६०० मेट्रिक टन ‘ग्रिन एमोनिया’ र दुई लाख ८६ हजार ९७५ मेट्रिक टन ‘ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट’  मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।

नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत्‌लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुयाउने विश्वास लिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट बताउँछन् ।

विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेस गर्न पनि प्रस्तावकलाई भट्टले आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu