देश

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–७, बलुवा बस्ने २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने पशुपति राम रहेका छन् ।
कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।
सोही घटनाको अनुसन्धानको क्रममा उक्त दिन पशुपतिले राहुललाई अत्यधिक मात्रामा लागुऔषध सेवन गराइ बेहोस बनाएर हत्या गरेको खुल्न आएको छ ।
हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको अनुसन्धानले देखाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्