site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नेप्से १८.६ अंकले घट्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १८.६० अंकले घटेको छ । गत कारोबार दिन मंगलबार १८.४५ अंकले वृद्धि भएर बन्द भएको बजार बुधबार त्यही अंकमा घटेको हो ।

यस दिन नेप्से ०.९१ प्रतिशतले घटेर २००४.३० विन्दुमा बन्द भएको छ । गत सोमबार पनि बजार २००४ विन्दुमा नै बन्द भएको थियो ।

Agni Group

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दुई अर्ब नौ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार (आज) भने एक अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.५१ प्रतिशतले घटेको छ । मंगलबार भने यो समूहको परिसूचक सर्वाधिक वृद्धि भएको थियो ।

Global Ime bank

आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २७२ रुपैयाँ कामय भएको छ । शुभम् पावरको सेयर मूल्य भने ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सात करोड ६२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका २८२ धितोपत्रको ७० लाख ६१ हजार ४०४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

पछिल्लो समय सेयर बजारमा लगाइएको १२ करोड रुपैयाँको क्यापलाई लिएर प्रचार प्रसारका कारणले पनि बजार प्रभावित हुन पुगेको कतिपयको आकलन छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu