देश
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नगर्न अपिल गरेको छ ।
घटनाको बारेमा गुनासो सुन्ने र छानबिन गर्ने निकाय काउन्सिल भएकाले काउन्सिलमै उजुरी गर्न तर भौतिक आक्रमण नगर्न सबैमा आग्रह गरेको हो ।
पीडित भनिएको पक्षले काउन्सिलमा उपस्थित भएर वा कुनै पनि माध्यमबाट उजुरी दिन सक्ने काउन्सिलले जनाएको छ ।
स्वास्थ्य उपचार गराउने स्थललाई शान्त र भयरहित बनाउनुपर्नेमा काउन्सिलको जोड छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १७:११
प्रतिक्रिया दिनुहोस्