विदेश
काठमाडौं । वेस्ट बैंकको तुल्कारम सहरमा गोली हानाहान हुँदा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी र इजरायली स्रोतका अनुसार आइतबार अबेर तुल्कारम सहरमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएका छन् ।
तुलकर्म अस्पतालका निर्देशक अमिन खारेदका अनुसार तुलकर्ममा रहेको नुर शाम्स शरणार्थी शिविरमा आक्रमण गर्ने इजरायली सेनाले टाउकोमा गोली हानेर उनीहरुको हत्या गरेको बताइएको छ ।
मारिनेमा २१ वर्षका ओसैद अबु अली र ३२ वर्षका अब्दुल रहमान अबु दगास रहेका छन् । स्थानीयका अनुसार इजरायली सेनाले शिविरका धेरै पूर्वाधार ध्वस्त पारेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १४:३३
प्रतिक्रिया दिनुहोस्