site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ योजना सार्वजनिक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकीरहेको नेपालीहरूको दशैं तिहार २०८० लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार प्राप्त गर्न सकिनेछ । डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवास र ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।

साथै सिङगल डोर रेफ्रिजिरेटरमा चोप्पर, डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक प्रेसर कूकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन)को खरिदमा प्रेसर कुकुर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ । 

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लैजान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले 'सीजी लोयल्टी क्लब' को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यी सुविधाका लागि ग्राहकहरूले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ ।

कम्पनीका सीजी डिजिटल सोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु, नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

साथै चौधरी ग्रुपद्वारा बजारमा वितरित सम्पूर्ण बेकोका सामानहरूमा शतप्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro