site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९औँ एसियाली खेलकुद : प्रदीपको विजयी सुरुआत

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

आइबार नै नेपाली खेलाडीले दुई महिला सिंगल्स तथा एक पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुके ।

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्नेछन् । त्यसैदिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro