site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली नागरिकता लिएको आरोपमा भारतको बिहारका एकजना पक्राउ

काठमाडौं । नेपालको नागरिकता लिएको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल रहेका छन् ।

उनले रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ । उनले रौतहटको साविकको सरमुजवा गाविस वडा नम्बर ९ बाट नेपाली नागरिकता लिएका थिए ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिरहेका थिए ।

उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमतिपत्रसहितका कागजात फेला परेको प्रहरीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro