site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ बिक्री गर्न थालेको छ । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो ।

१० ग्राम सिक्काको मूल्य एक हजार ६०० र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ । बैंकसँग मौज्दात चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जानकारी दिएको छ ।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।

गएको जेठ १९ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकबाट १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिइएको थियो ।

टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेसिनहरू मर्मतसम्भार गरी मुद्रणसम्बन्धी कार्य थालिएको छ । यसै सिलसिलामा यी मुद्रा छापिएको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro