अर्थ व्यवसाय
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ का दुई महिनामा तीन लाख ६६ हजार ४८१ स्मार्टफोन नेपाल भित्र्याइएको । भन्सार विभागको तथ्यांकानुसार करिब पाँच अर्ब ३६ करोड ५२ लाख रुपैयाँबराबरका फोनबाट सरकारले करिब एक अर्ब राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/०८० को यसै अवधिमा चार लाख ३८ हजार ९०५ स्मार्टफोन नेपाल भित्र्याइएको थियो । ६ अर्ब एक करोड रुपैयाँबराबरका ती फोनबाट सरकारले करिब एक अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १४:५६
प्रतिक्रिया दिनुहोस्