site stats
बाह्रखरी :: Baahrakhari
कला
पाठ सिकिसकेँ, स्क्रिप्ट चित्त नबुझेसम्म चलचित्रमा काम गर्दिनँ : अनमोल केसी
फाइल तस्बिर।

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्रको स्क्रिप्ट चित्त नबुझेसम्म काम नगर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले चित्त नबुझेसम्म काम बताए ।

अनमोलले आफ्ना अब आउने चलचित्रहरुको बारेमा पनि आधिकारिक रुपमा आफूले घोषणा नगरेसम्म सार्वजनिक सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन् । फिल्म क्षेत्रमा आएदेखि अथाह माया पाएको र आफू सजग रहेको उनले बताएका छन् ।

Argakhachi Cement Island Ad

“‘होस्टल’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेदेखि मैले मेकर तथा दर्शकहरुबाट अथाह माया पाइरहेको छु । मैले यो मायालाई आफ्नो अमूल्य सम्पत्ति ठान्छु,” उनले लेखेका छन्, “त्यसैलै कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सँधै राख्ने गरेको छु । त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको छु ।”

उनले आफूले पछिल्लो चलचित्रबाट पाठ सिकेको पनि उल्लेख गरेका छन् । “मेरो पछिल्लो फिल्मले मलाई ठूलो पाठ सिकाएको छ । कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठूलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो,” उनले लेखेका छन् ।

उनले आफ्नो ध्यान चलचित्र कसरी राम्रो बन्छ भन्नेमा रहेको बताएका छन् ।

“मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्तबुझाइ हुँदैन, तबसम्म फिल्म गर्न हतार गर्ने छैन । चाहे यसका लागि विलम्ब नै किन नहोस्, अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो,” उनले भनेका छन्, “यसका लागि अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।”

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्