राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै संविधान संशोधनको माग उठेको छ ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले संविधान संशोधनका लागि डराउन नहुने बताए ।
“अमेरिकामा पनि २१औँ पटक संविधान संशोधन गरेर बलियो भएको हो । संविधान संशोधन गर्न डराउन हुँदैन,” उनले भने, “ अहिले संघीयतामा खतरा छ भने यसै संविधानबाट छ । संशोधन गर्नुपर्छ ।”
उनले निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने भन्दै समानुपातिक व्यवस्था खारेज हुनुपर्ने माग राखे । साथै उनले धर्म निरपेक्षता हटाएर सनातन हिन्दुराज्य स्थापना गर्नुपर्नेमा बैठकमा माग राखे ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्