site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्यालिस्टिक मिसाइल हानेर इजरायलविरुद्ध जवाफी आक्रमण गर्दै इरान

काठमाडौं । इरानले इजरायलमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको बीबीसीका संवाददाता आयोन वेल्सले बताएका छन् ।

प्रतिशोधात्मक हमलापछि इजरायली अस्पतालमा ४० जनाको उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ ।

इरानको इस्लामिक क्रान्तिकारी गार्डको तर्फबाट जारी विज्ञप्तिमा उनीहरूले इजरायलका सैन्य केन्द्र र एयरबेससहित दर्जनौँ लक्ष्यमा हमला गरिएको उल्लेख छ । इरानले यस अभियानलाई 'ट्रु प्रमिस ३' नाम दिएको छ । विज्ञप्तिमा यस अभियानको थप विवरण पछि सार्वजनिक गरिने पनि उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अभिभ महानगरीय क्षेत्रमा कम्तीमा पाँचजना घाइते भएको बताएको छ ।

इजरायली सेनाले इरानले केही समयअघि इजरायलमा मिसाइल हमला गरेको बताएको छ । इजरायलको रक्षा प्रणालीले इरानबाट आउने यस खतरालाई रोक्न प्रयास गरिरहेको छ । इजरायली सेनाले नागरिकहरूलाई अर्को सूचना नआउन्जेल घरभित्र नै रहन आग्रह गरेको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले इरानले इजरायललाई गम्भीर चोट पुर्‍याउने बताएका छन् ।

समाचार एजेन्सी रायटर्सका अनुसार, केही समयअघि जेरुसेलमको आकाशमा तेज प्रकाश देखिएको र विस्फोटको आवाज सुनिएको थियो ।

यसअघि, इजरायली रक्षा बल (आईडीएफ)ले गएर राति भएको हमलामा इरानी क्रान्तिकारी गार्डका कमान्डर हुसेन सलामीसहित इरानी तीन सैन्य कमान्डर मारिएको बताएको थियो । इरानले ६ वैज्ञानिक पनि मारिएको दाबी गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै इजरायली हमला अझ निर्मम हुने चेतवानी दिएका छन् ।

बीबीसीबाट ।

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०५:५६
प्रतिक्रिया दिनुहोस्