site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महानगरको अवज्ञा गर्दै काठमाडौंका शिक्षक आन्दोलनमा जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका शिक्षकहरूले शिक्षा विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । आन्दोलनमा गएर पठनपाठनमा अवरोध पुर्‍याए कारबाही गर्ने महानगरको चेतावनीका बाबजुद उनीहरूले सडक आन्दोलनमा जाने निर्णय गरेका हुन् । 

आज बसेको महानगरभित्रका शिक्षकहरूको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई समर्थन गर्दै सहभागी हुने निर्णय गरेको हो ।

Shikshak-1695215932.jpg

महानगरले आजै एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएको छ ।

"सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् ।  कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन," महानगरको सूचनामा भनिएको छ ।

तर, शिक्षकहरूले महानगरको अवज्ञा गर्दै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro