-1748601278.jpg)
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेको हो ।
सरकारको दमनले आफूहरूले आन्दोनको स्वरुप परिवर्तन गर्न बाध्य भएको संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आइतबार भएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बर्बर दमन गरेको र पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई अमानवीय तवरले नियन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
"सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु," विज्ञप्तिमा उल्लेख छ ।