site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

काठमाडौं । साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अञ्जना वस्ती भट्टराईले नियात्राकृति सार्वजनिक गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सर्जक सुवेदीको तीक्ष्ण अवलोकन क्षमता कृतिका नियात्रा पढ्दा थाहा हुने बताइन् । कृतिका शब्दहरूले स्थान विशेषको प्रष्ट तस्बिर गर्दै दृश्यलाई जीवन्त बनाएको उल्लेख गरिन् ।

नियात्राकार श्रीओम श्रेष्ठ रोदनले सार्वजनिक कृतिमा युरोपका सात देशहरूको भ्रमणबारे लेखिएको उल्लेख गर्दै सर्जक सुवेदीले पाठकलाई शब्दहरूसँगै घुमाएको बताए । सार्वजनिक कृति सरल र पाठकमैत्री भएको उनले बताए । 

सर्जक सुवेदीले सन् २०१८ मा गरेको युरोप भ्रमण पाँच वर्षपछि कृतिका रूपमा आउँदासम्मका प्रसंग रोचक तरिकाले प्रस्तुत गरिन् । 

सलील र गिरिश सुवेदीको सांगीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा साहित्यकार जलेश्वरी श्रेष्ठले पनि बोलेकी थिइन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro