site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वी चीनमा भीषण आँधी, पाँचजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँचजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार आएको आँधीमा परी सो संख्यामा मृत्यु भएको हो । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकिसिपमा आँधी  साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन् भने एक हजार ६४६ घरमा सामान्य क्षति भएको छ । अन्य १३७ घरमा भने पूर्ण क्षति भएको छ । 

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाट ४०५जना विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro