site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
Ghorahi CementGhorahi Cement

काठमाडौं । रियाल सोसिडाडविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमै १–० ले पछि परेको स्थिति उल्ट्याउँदै रियाल जित निकालेको हो ।

Dabur nepal
Agni Group

रियाललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र जासेलुले गोल गरेका थिए । त्यसअघि खेलको पाँचौ मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । त्यही गोलमा सोसिडाडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

४६औं मिनेटमा भाल्भर्डेले गोल गरेपछि रियाल मड्रिड खेलमा फर्किएको थियो । यस्तै, ६०औं मिनेटमा जोसेलुले गरेको गोल निर्णायक बनेपछि रियाल मड्रिडले तीन अंक निश्चित गर्यो । जारी सिजन रियाल मड्रिडले लिगमा शतप्रतिशत जित निकालेको छ ।

जितसँगै पाँच खेलबाट १५ अंक जोडेको रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा दुई अंक धेरै हो । समान खेलबाट ६ अंक जोडेको सोसिडाड ११औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro