site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गर्‍यो : ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन् ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताए ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका एकजनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको ओलीले तर्क गरे । सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केही पनि फेला पर्न नसकेको समेत उनले बताए ।

ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृतिम मूल्यवृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro