site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपालाई दिइएन भृकुटीमण्डप
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भृकुटीमण्डपमा आमसभा नगर्न अनुरोध गरेको छ ।

यही चैत २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभा गर्ने राप्रपा वाग्मती प्रदेश कार्यसमितिको तयारी छ । सोहीअनुसार राप्रपाले प्रशासनलाई पत्र पठाएको थियो । तर, प्रशासनले भृकुटीमण्डपमा आमसभा आयोजना गर्न उपयुक्त नभएको जनाएको छ । प्रशासनले आमसभाका लागि सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको छ ।

भृकुटीमण्डप क्षेत्रमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरू रहेकाले राप्रपालाई सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न प्रशासनले अनुरोध गरेको हो ।

"उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरू) पनि भइरहेको हुँदा सुरक्षा संवेदनशिलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ,"  प्रशासनले राप्रपालाई लेखेको पत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro